कतारमा नयाँ प्रधानमन्त्री

अमिर शेख तमिम बिन हमाद अल थानीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । २०२० को अमिरी निर्देशन नम्बर २ जारी गर्दै अमिरले शेख खलिद बिन खलिफा बिन अब्दुलजिज अल थानी लाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि कतारको प्रधान तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नस्सेर बिन खलिफा अल थानीले सन् २०१३ देखि सम्हाल्नु भएको थियो । आजै उहाँले दिनुभएको राजीनामालाई अमिरले २०२० को निर्देशन नम्बर १ जारी गर्दै स्विकार्नु भएको थियो ।

पुर्व प्रधानमन्त्री शेख अब्दुल्लाहले अमिर संगै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button