नेपाल-श्रीलंकाली राजदूतबीच भेटघाट सम्पन्न

कतारस्थित नेपाली राजदूतावासले थालनी गरेको “एक अर्कालाई चिनौ” नामक कार्यक्रम अन्तर्गत कतारका लागि नेपालका महामहिम राजदूत रमेश प्रसाद कोइराला र श्रीलंकाली राजदूत एचइ एएसपी लियनागे बीच भेटघाट सम्पन्न भएको छ।

नेपाली दूतावासमा हिजो भएको सो भेटघाटका अवसरमा कतारमा रहेका नेपाली कामदार र श्रीलंकाली कामदारहरुका समस्या, हक हित, सुरक्षा एवम् उद्दार सम्बन्धमा छलफल तथा अनुभव आदान प्रदान भएको थियो । यसैगरी द्विपक्षीय आर्थिक कूटनीति, लगानी तथा व्यापार प्रवर्द्बनका बारेमा छलफल एवम् दुई राजदूतावासले अपनाएका आ-आफ्ना सही कदमहरुको आदान प्रदान कार्य सम्पन्न भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो