केही दिन तापक्रम बढ्ने

केही दिनका लागि कतारको तापक्रम वृद्धि हुने भएको छ । मौसम विभागले सामाजिक संजाल मार्फत वायुको दिशा दक्षिण तर्फ परिवर्तन हुने हुँदा मौसम केही गर्मी हुने बताएको छ । यस अवधीमा उच्च तापक्रम ३० डिग्री सेल्सियस सम्म पुग्न सक्नेछ ।
यद्यपि आइतबार (९ तारिक) देखि उत्तरपश्चिमी कडा वायुको सक्रियताले तापक्रम पुन अहिलेको अवस्थामा आउने विभागले बताएको छ ।
फेब्रुअरी महिनामा दोहाको तापक्रम साधारणतया २३.४ र न्यूनतम तापक्रम १४.४ डिग्री सेल्सियस रहने विभागले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो