नेपाल–अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा

नेपाल–अष्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।

सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनाताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

६० वर्षअघि आजकै दिन नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । द्विपक्षीय सम्बन्ध स्थापनको ६०औँ वर्ष प्रवेशका अवसरमा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले आज साँझ राजधानीमा स्वागत समारोह आयोजना गर्दै छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका सल्लाहकार, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button