कोरोना भाइरस : १६६६ जनाको मृत्यु, संक्रमणदर झन बढ्दै

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणदर बढ्दै गएको छ ।

चीन सरकारले भाइरसको महामारी नियन्त्रणका लागि अनेकौं प्रयास गरेता पनि नियन्त्रणमा कुनै कमी नआएको विभिन्न संचारमाध्यमहरुले बताएका छन् । चीन लगायत विश्वभर आइतवार विहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ हजार ६६६ जनाको मृत्यु भएको छ ।

चिनियाँ संचारमाध्यम सीजीटीएनका अनुसार भाइरसको संक्रमणबाट चीनमा ६८ हजार ५०० जना संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले आइतवार उल्लेख गरे अनुसार विभिन्न प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट शनिवारमात्रै १४२ जनाको मृत्यु भएको छ भने २ हजार ९ जना नयाँ संक्रमित विरामी फेला परेका छन् ।

यसैवीच चीनका राष्ट्रपति सि चिन फिङले कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि उपचारमा थप प्रभावकारी रुपले कार्य गर्न स्वास्थ्य अधिकारीहरुलाई आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button