एनपीएलः पहिलो जितको खोजीमा कर्णाली र काठमाडौं

काठमाडौं,मंसिर १९-
कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । यस्तै दिउँसो १ः१५ कजे सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् । यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णाली जनकपुर कोल्ट्ससँग पराजित भएको थियो भने काठमाडौंले चितवन राइनोजलाई नतिजा सुम्पिएको थियो ।
कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो