वक्रा रंगशाला यो वर्ष तयार हुने

एएफपी

कतारले आयोजना गर्ने सन् २०२२ विश्वकपको आठ रंगशाला मध्येको अल वक्रा रंगशाला यो वर्षको अन्त्य सम्ममा तयार हुने भएको छ।रंगशालाको अब १४ सय टुक्राको परम्परागत डुङ्गा आकारको छत राख्ने काम बाँकी रहेको छ।छत ईटालीमा निर्माण हुँदैछ।

जम्मा ५७५ मिलियन अमेरिकी डलर लागतमा तयार हुने यस रङ्गशालामा चालीस हजार दर्शक क्षमता रहनेछ।यहाँ प्रतियोगिताको क्वार्टर फाइनल सम्मका खेलहरु सञ्चालन हुनेछन्। यसमा विद्यालय,विवाह भवन,मस्जिद,रेस्टुरेन्ट,मार्केट बास्केटबल कोर्ट लगायत पनि समावेस हुनेछ।दर्शकको हल्ला माथि छतमा ठोकिएर मैदानमा फर्कने विश्वकै पहिलो प्रविधि यसमा प्रयोग गरिनेछ।

विश्वकप आयोजना पश्चात यो रंगशाला अल वक्रा स्पोर्ट्स क्लबको घरेलु मैदान हुनेगरी दर्शक क्षमता घटाएर बीस हजार बनाइनेछ।

अल वक्रा रंगशाला विश्व प्रख्यात इराकी मूलका बेलायती डिजाइनर जहा हादिदले बनाएकी हुन्।उनले चीनको ओपेरा हाउस,२०१२ लण्डन ओलम्पिक्सको बर्गिस्केल स्की जम्प,बेलायतको कुअटिक्स सेन्टर लगायत डिजाइन गरेकी हुन् ।६५ वर्षको उमेरमा उनको निधन सन् २०१६ को मार्चमा भएको थियो ।

अलवक्रा सँगै यो वर्ष ६० हजार दर्शक क्षमता भएको अल बायत रंगशाला पनि डिसेम्बर सम्म तयार हुने आयोजक कमिटीले एएफपी लाई बताएको छ।यसअघि खलीफा रंगशाला तयार भइसकेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button