कमिसन प्रकरणः प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

निवर्तमान सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कमिसन प्रकरणले अख्तियारमा उजुरी पर्न थालेको छ । सोही मुद्धामा रहेर प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा–११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तारलगायत कार्यमा अनियमितता भएको भन्दै आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।
अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन् । उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ ।