कतारले तीन दिन शोक मनाउने

युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नह्यानको निधनको शोक मनाउन कतारले आफ्नो सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने बताएको छ ।
राष्ट्रपति खलिफाको ७३ वर्षको उमेरमा हिजो निधन भएको छ ।
यता कतारको शेख तमिम बिन हमाद अल थानीको तर्फबाट अमिरी दिवानले वक्तव्य जारी गर्दै शेख खलिफाको निधनमा शोक व्यक्त गरिएको छ । कतारले उनको निधनमा तीन दिनको शोक मनाउने बताएको छ ।
युएईले शेख मोहम्मद बिन जायद अल नह्यनलाई नयाँ राष्ट्रपति घोषित गरेको छ ।