डा. केसीको सुनुवाई बुधबार मात्रै,आज पनि प्रहरी हिरासतमै राखिने

काठमाडौं,पुस २५ –

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा.केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।

सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button