कुवेतमा पनि देखियो कोरोना भाइरस

चीन बाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) कुवेतमा पनि देखिएको छ । इरान बाट फर्किएका तीन यात्रुमा भाइरस देखिएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।
तीन जना मध्य एक ५३ वर्षिय कुवेती,६१ वर्षिय साउदी र अर्का एक २१ वर्षिय देश नखुलेको नागरिक छन् । उनिहरुलाई स्वास्थ्यमा सुधार भएपछि मात्र छोडिने भएको छ ।
त्यस्तै भाइरस साउदी अरबिया,युएई,बहराइन लगायतका खाडी मुलुकमा समेत देखिसकेको छ । इरानमा भाइरसका कारन मृत्यु हुनेको संख्या ८ पुगिसकेको छ ।
यता कतारमा भने भाइरस अहिलेसम्म नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देखि हमाद विमानस्थल र वन्दरगाहमा इरान र दक्षिण कोरियाली नागरिकलाई निरीक्षणमा राखिने समाचार छ ।