‘फिफा विश्वकप २०२२’ सुरु हुन हजार दिन बाँकी
आजको ठिक एक हजार दिनमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदैछ । मध्यपुर्वमा नै पहिलो पटक हुन लागेको विश्वकप भब्यताका साथ आयोजना गर्न कतार जोडजाडले लागिपरेको छ ।
विश्वकप सन् २०२२ को नोवेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । यस प्रतियोगिताको समापन कतारको १५ औं राष्ट्रिय दिवसका दिन पर्नेछ ।
यसै विश्वकपमा अन्तिम पटक ३२ टिम सहभागी हुनेछन् । त्यसपछिका विश्वकपमा ४८ प्रतियोगी टिम समावेश गरिने फिफाले बताईसकेको छ । विश्वकपका लागि कतारले जम्मा आठ वटा रंगशाला तयार गर्दैछ । जसमध्ये दुई वटा पुर्णरुपमा सन्चालन भैसकेको छ भने तीन वटा यसै वर्ष र बाँकी प्रतियोगिता अगावै उद्घाटन गरिने सुप्रेम कमिटी अफ देलिभरी एन्ड लिगेसी (एससी) ले भनेको छ ।
विश्वकप २०२२ का रंगशालाहरुको पछिल्लो अपडेट
खलिफा अन्तर्राष्ट्रिय रंगशाला (सुचारु)
अल जनौव रंगशाला (सुचारु)
एजुकेसन सिटी रंगशाला (तयार )
अल रेयान (यसै वर्ष )
अल बेयत (तयार )
लुसेल रंगशाला (अर्को वर्ष )
अल थुमामा (यसै वर्ष )
रस अबु अबौद रंगशाला (यसै वर्ष )