बिज्ञापन

नक्कली कम्पनी खोलेर भिसा बेच्ने तीन जना पक्राउ

आफुले काम गरिरहेको कम्पनीको दुरुपयोग गरी नक्कली कम्पनी खोलेर भिसा व्यापार गर्ने तीन अभियुक्तलाई अपराध अनुसन्धान विभाग (सिआईडी)ले पक्राउ गरेको छ।

केही अन्य व्यक्तिको सहयोगमा आफ्नो कम्पनीको कामदारले कम्पनीको नाम लिएर भिसा बेच्ने गरेको शंका लागेपछि एक महिलाको उजुरी आएको आन्तरिक मन्त्रालयको समाचारमा उल्लेख गरिएको छ।अनुसन्धानको क्रममा हुँदै नभएको कम्पनी खोलेर तीन व्यक्तिले भिसा बेच्ने गरेको खुल्न आएको हो।उनीहरू मध्य एक एसियन नागरिकलाई ११ वटा कम्पनीको स्ट्याम्प,कम्पनीको कागजपत्र र केही क्रेडिट कार्ड सहित पक्राउ गरिएको थियो।त्यसपछि अन्य दुई अरबी नागरिकलाई पनि पक्राउ परेका हुन्।

सोधपुछ पश्चात अभियुक्तहरुले आफ्नो गल्ति स्वीकार गरेको र उनीहरुलाई थप कानुनी प्रक्रियाको लागि हिरासतमा राखिएको छ।आफ्नो सुरक्षाका लागि स्थानीय तथा आप्रवासी नागरिकहरूले शंकास्पद क्रियाकलापको सम्बन्धित कार्यालयमा उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button