कतारमा कामदारको न्यूनतम तलब वृद्धि हुने

२०१८ को अन्त्यसम्ममा कतार सरकारले विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने संकेत गरेको छ ।

कतारमा केही दिन अघि खाडी क्षेत्रमै पहिलो पटक स्थापना भएको अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटपछि,  यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने संकेत पाएका उनले बताएकी हुन ।

कति तलब बढ्ने छ भन्ने आँकडा नभएता पनी श्रमिकको बढ्दो खर्चलाई मध्यनजर गरी रकम वृद्धि हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

 न्यूनतम तलब, बस्ने सुविधा, बैंक खातामै कामदारको तलब दिनुपर्ने र काफाला सिस्टमको भिषा नीति परिवर्तन गर्ने प्रतिबद्धता जनाएको कतारले सोही प्रतिबद्धताको अंशका रुपमा न्यूनतम तलब बृद्धि गर्न लागिएको बताइएको छ ।

कतारले २०१७ नोभेम्बरमा पहिलोपटक विदेशी कामदारका लागि मासिक ७५० कतारी रियाल न्यूनतम तलब निर्धारण गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button