मोना कतारको १७ औँ वार्षिकोत्सव, गर्दैछ पञ्चेबाजा सहितको सांगितिक कार्यक्रम

प्रवासी म्याग्देली दृष्टि सम्बृद्द म्याग्दीको सृष्टि भन्ने मूल नारा लिएर सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ ( मोना ) कतारले आगामी मार्च १३ मा १७ औँ वार्षिकोत्सव मनाउने भएको छ । सहॉनियामा अवस्थित अल दो सरी पार्कमा वार्षिकोत्सव कार्यक्रम सहित म्याग्देली वनभोज, विविध सॉस्कृतिक प्रस्तुति सहित लाइभ पञ्चेबाजा मुख्य आकर्षण रहने भएको छ ।

म्याग्देलीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रमबाट कतारमा रहेका म्याग्देलीहरु बिच आत्मीयता बढ्ने विश्वास लिइएको छ । संस्थाले हरेक वर्ष बार्षिकोत्सवसंगै विविध कार्यक्रमहरू गर्दै आइरहेको छ।
म्याग्दी जिल्लामा बहुदेश्यिय अक्षय कोष स्थापनार्थ मोना कतारले सञ्चालन गरेको चिट्ठा कार्यक्रमको लक्की ड्र पनि सोही दिन खोलिने कार्यक्रम संयोजक नरेन्द्र फगामीले जानकारी दिए । कार्यक्रममा होली खेलिने र ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस पनि मनाइने अध्यक्ष तिलु शर्मा पौडेलले जानकारी दिए । मोना कतार जिल्ला तथा परदेशमा परेको हर विपत्तिमा साथ र सहयोगका लागी अग्रणी भूमिकामा रहँदै आएको एक सामाजिक साझा संस्था हो ।