अमेरिका र तालिवान बिच दोहामा शान्ति सम्झौता

अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज कतारको राजधानी दोहामा दीर्घकालीन शान्ति सम्झौता भएको छ ।
एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार शनिबार दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य भएको छ ।
अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो । पछि अमेरिकाले नै शान्ति सम्झौताको पहल गरेको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेका थिए । खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।
सेना फिर्ता लाने
सम्झौता भएको केही मिनेटपछि नै अमेरिका र अफ्घान सरकारले सन्युक्त बिग्यप्ती जारी गर्दै अमेरिकी र नाटाे सैनिकलाई अबको १४ महिना भित्र फिर्ता बोलाउने सहमति गरिएको छ । अफ्घानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक र विभिन्न देशका १७ हजार नाटाे सैनिक छन् । त्यस्तै अफ्घानिस्तानको जेल बाट ५ हजार तालिवान सेना रिहा गर्ने सम्झौता पनि भएको छ ।