नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिने

६० बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अन्ततः नेपाल सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ ।
आज (आइतबार) साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यस्तै प्रधानमन्त्री ओलीले सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव समेत राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो