जनवरी देखि चुरोट र चिसोको भाउ बढ्ने

कतार सरकारले सन् २०१९ देखि सुर्तीजन्य तथा पिय पदार्थमा थप कर लगाउने भएको छ । यसको मतलब आऊने जनवरी देखि चुरोट तथा पिए पदार्थको भाऊ बढ्नेछ।
अर्थ मन्त्रालयले गएको शनिवार आगामी वर्ष कतारको बजेट ४.३ बिलियन रियाल पुग्ने घोषणा गरिसकेको छ।
उपभोक्ता तहमा सरकारले ‘छनौट कर’ भनदै स्वास्थ्य प्रति नकारात्मक असर पार्ने ति दुई किसिमको पदार्थमा अतिरिक्त कर जनवरी १ तारिक बाट लगाउने बताएको छ। सरकारको अनुसार चुरोट लगायत अन्य सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंकमा १००% र कोक,पेप्सी जस्ता पिय पदार्थमा ५० % कर लगाउने भएको छ।
त्यस्तै अन्य उपभोग्य सामानमा भने कतारले २०१९ मा कर नलगाउने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो