आज नेपाल र भारत बीच मैत्रीपूर्ण खेल हुने

स्थानीय नेपाली र भारतीय फुटबल टिम बीच आज मैत्रीपूर्ण खेल हुनेभएको छ । खेल बेलुका ७ बजे दोहा स्पोर्ट्स स्टेडियममा हुँदैछ।खेलको लागि प्रवेश निशुल्क रहेको छ ।
जारी एसियन आप्रवासी फुटबल प्रतियोगितामा भएको खेलमा नेपालले भारत संग १-१ को बराबरी खेलेको थियो । समूह ‘ए’ मा रहेको भारत गोल अन्तरको आधारमा पहिलो स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
प्रतियोगिताको क्वार्टरफाइनल खेलमा नेपालले मार्च १३ तारिक लेबनान संगै खेल्दैछ ।
खेल मैदान जाने बाटो