कतारमा थप तीन जनामा कोरोना भाइरस देखियो

कतारमा थप तीन जनामा कोरोना भाइरस देखिएको छ । ती व्यक्तिहरु पनि गत हप्ताको बिहिबार इरान बाट फिर्ता ल्याईएका मध्यका हुन् । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ११ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
ती व्यक्तिहरु कतारमा घुलमेल गर्न नपाएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना निकै न्युन रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
تعلن وزارة الصحة العامة عن تسجيل ثلاث حالات إصابة جديدة بمرض #فيروس_كورونا 2019 (#كوفيد١٩) في #قطر من المتواجدين في الحجر الصحي، حالتين لمواطنين قطريين وحالة من أسرتهم من جنسية أخرى ممن عادوا مؤخرا من ايران، ليصل عدد الحالات المؤكدة في البلاد إلى ١١ حالةhttps://t.co/AEJf0EUuSx
— وزارة الصحة العامة (@MOPHQatar) March 6, 2020
नयाँ बिरामीमध्ये दुई कतारी व्यक्ति रहेको र एक अर्कै देशका नागरिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानमा रहेका आफ्ना नागरिकलाई कतारले फेब्रुअरी २७ मा चार्टर्ड विमानमा स्वदेश फिर्ता ल्याएका थियो । स्वदेश फिर्ता ल्याईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखिएको छ ।