थप एक जनामा कोरोना भाइरस देखियो
कतारमा थप एक जनामा कोरोना भाइरस देखिएको छ । ती व्यक्ति पनि गत हप्ताको बिहिबार इरान बाट फिर्ता ल्याईएका मध्यका हुन् । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
बिरामीहरु कतारमा घुलमेल गर्न नपाएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना निकै न्युन रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
नयाँ बिरामी पनि कतारी व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानमा रहेका आफ्ना नागरिकलाई कतारले फेब्रुअरी २७ मा चार्टर्ड विमानमा स्वदेश फिर्ता ल्याएका थियो । स्वदेश फिर्ता ल्याईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखिएको छ ।