सार्वजनिक कार्यक्रम नगर्न सरकारको आग्रह

कतार सरकारले देशभर सार्वजनिक कार्यक्रम,भेला लगायत मानिस जम्मा हुने खालका कुनै पनि कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । देशमा कोरोना भाइरस ( कोभीड-१९) फैलिरहेको अवस्थामा रोकथामका लागि यस्तो आग्रह गरेको सरकारले बताएको छ ।
कतारमा हाल सम्म ४४२ जनामा भाइरस संक्रमण भएको छ ।
भाइरसको शंका लागेमा वा जानकारी लिन १६००० डायल गरौं
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरससंग सम्बन्धित भएका जानकारी दिन अङ्ग्रेजी तथा अरबिक भाषामा कल सेन्टर सुरु गरेको छ । स्वास्थ्यकर्मी तथा सर्वसाधारणले २४ सै घन्टा हप्ताको सातै दिन कुनै समस्या परे अथवा जानकारी लिन १६००० मा सोधपुछ गर्न सक्नेछन् ।
कस्तो जानकारी पाईन्छ ?
कोरोना भाइरस के हो र कतारमा यसको प्रभाव कस्तो छ ?
यसको लक्षण के – के हुन् ?
आफूमा संक्रमण भएको शंका लागे के गर्ने ?
भाइरस प्रभावित चीन र अन्य देश जान सल्लाह लिन।