कोरोना भाइरस रोकथामका लागि सरकारले आज गरेको निर्णयहरु
कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले अहिले ९ बजे पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनको कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।
कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु यस्ता छन् :
- भाइरस पहिले सोचिएको भन्दा छिटो सर्ने । भाइरस जाँचका लागि अस्पताल आउने ४० प्रतिशत २० देखि ५४ वर्ष सम्मका व्यक्ति । त्यसैले बढी सचेत रहन आग्रह ।
- एक निजि सवारीमा एक जना भन्दा बढीले यात्रा गर्न नपाउने ।
- कर्नेश लगायत सार्वजनिक स्थलमा जमघट हुन कडाईका साथ प्रतिबन्ध । प्रहरीले देशभर कडाईका साथ निरीक्षण गर्ने ,नियम उल्लंघन गर्नेलाई पक्राउ गरिने ।
- धेरै मानिस जम्मा हुने खालको रेस्टुरेन्ट तथा फुड आउटलेट बन्द गरिने । बाँकि फुड आउटलेट तथा फार्मेसीहरु सामान्य रुपमा चल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो