कोरोना भाइरस संक्रमितको संख्या ५२६ पुग्यो, नि:शुल्क उपचार कतारले गरिदिने

आज थप २५ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५२६ पुगेको छ । त्यस्तै अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । आज सम्म ११५३१ को जाँच भएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन आज विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले अहिले ९ बजे पत्रकार सम्मेलन गर्नु भएको थियो ।

आज पत्रकार सम्मेलनमा भएका निर्णयहरु :

● कोभीड-१९ फ़ाईट फर कतार स्वयंसेवकका लागि ३५ हजार बढीले आवेदन दिए ।
● एयर फोर्स उडान मार्फत चीन बाट १८ हजार बिरामीलाई पुग्ने मास्क सहित अन्य स्वास्थ्य सामाग्री ल्याईने ।
● कतारले सम्पूर्ण भाइरस बिरामीलाई उच्चस्तरको निशुल्क उपचार गर्ने ।
● कतारमा खानाको भण्डार प्रशस्त भएकाले आत्तिनु नपर्ने ।
● सनैया क्षेत्रमा कामदारलाई खाना, दैनिक आधारभूत सामग्री उपलब्ध सहित स्वास्थ्य सावधानी गराउने कार्य जारी ।
● पिओएस र एटिएमको शुल्क हटाईने ।
● कतार आर्मी , आन्तरिक मन्त्रालय ,लेख्विया फोर्सले अल रेयान क्षेत्रमा भोलि बिहान १० देखि २ बजे सम्म संयुक्त अभ्यास (अमन १) गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button