स्पेनमा एकै दिन ७३८ को मृत्यु, चीनभन्दा धेरैले ज्यान गुमाए

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै भएको छ। बुधबार एकै दिन स्पेनमा थप ७ सय ३८ जनाको मृत्यु भएपछि स्पेनमा कोभिड १९ का कारण ज्यान गुमाएको संख्या यो भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै भएको हो।
स्पेनमा हालसम्म ३४ सय ३४ जनाको कोभिड १९ का कारण ज्यान गएको छ। चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८१ रहेको छ। चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तथा यसका कारण हुने मृत्यु लगभग नियन्त्रणमा आएको छ ।
– नारायणी अन्लाईन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो