बिज्ञापन

कर्वा बसको कार्ड कसरी लिने ?

बढ्दो ट्याक्सी भाडा दरका बावजूद यात्रा गर्नुपर्नेहरुका लागि कर्वा बस राम्रो विकल्प हुनसक्दछ। अझ राम्रो कुरा त के छ भने बसको यात्रा गर्दा हामीलाई सुरुमै कार्डको आवश्यकता पर्दैन। बस चढे पछि २४ घण्टाको लागि चल्ने अस्थायी कार्ड चालक मार्फत किन्न सकिन्छ। तर दिर्घकालिन प्रयोगको लागि सोच्दै हुनुहुन्छ भने मोवासलतले तोकेको विभिन्न स्थानको आउटलेटहरु बाट कार्ड किन्नुपर्ने हुन्छ। कार्ड किन्न कुनैपनि कागजपत्र आवश्यक पर्दैन।

यस्तो छ कर्वा बस स्मार्ट कार्डको प्रकारहरू 

१.क्लासिक कार्ड 

यो कार्ड दिर्घकालिन यात्रा गर्नुपर्ने यात्रुहरुको लागि उपयोगी हुन्छ। कार्ड खरिद गर्न ३० रियाल लाग्दछ भने यसमा २० रियालको ब्यालेन्स रहन्छ। बाँकी १० रियाल यात्रुले भविष्यमा ३०० रियाल भन्दा माथि रिचार्ज गरेपछि फिर्ता आउनेछ।कार्ड दोहा बस स्टेसन,कर्वा बस स्टेसन,ओरेडो सेल्फ सर्भिस मेसिन/मोबाइल मनी,पिडिए डिभाइस,हमाद विमानस्थलको काउन्टर बाट किन्न/रिचार्ज गर्न सकिनेछ ।

२.लिमिटेड कार्ड  (१० रियाल)

२४ घन्टा भित्र दुई पटक सम्म यात्रा गर्नको लागि यो कार्ड उपयोगी हुनेछ।कार्ड खरिद गर्न १० रियाल लाग्दछ।कार्ड दोहा बस स्टेसन,कर्वा बस स्टेसन,हमाद विमानस्थलको काउन्टर र बसको चालक बाट खरिद गर्न सकिने ।

३. अनलिमिटेड कार्ड  (२० रियाल)

२४ घन्टा भित्रै दुई भन्दा बढी यात्रा गर्नको लागि यो कार्ड उपयोगी हुनेछ । कार्ड किन्न २० रियाल लाग्नेछ।दोहा बस स्टेसन,कर्वा बस स्टेसन,हमाद विमानस्थलको काउन्टर र बसको चालक बाट खरिद गर्न सकिनेछ ।

बसको रुट फोटोमा हेर्न यहाँ थिच्नुहोस् ।

बसको सम्पूर्ण रुट विस्तृतमा हेर्न यहाँ थिच्नुहोस्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button