जरिवाना बढेको छैन : ट्राफिक विभाग

ट्राफिक जरिवाना बढेको भन्दै सामाजिक सञ्जाल विषेशगरी व्हाट्स एप्पको ग्रुप मा भाइरल भइरहेको फोटो झुटो रहेको ट्राफिक विभागले जानकारी गराएको छ।

कतार ट्राफिक विभागले हिजो सो फोटो झुटो रहेको र सामाजिक सञ्जालमा भाइरल हुने अपवाह माथि विश्वास नगर्न आफ्नो ट्विटर मार्फत सावधान गराएको हो।

ट्राफिक विभागले सो विषयमा गरेको ट्वीट

अरबिक भाषामा गरिएको उक्त ट्वीट अनुसार ट्राफिक जरिवानामा जारी गरिएको नयाँ नियम शतप्रतिशतले गलत रहेको र जारी हुने नयाँ नियम वा अन्य जानकारी प्रशासनको अधिकारीक वेबसाइट वा सामाजिक सञ्जाल मार्फत मात्र लिन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ।

भाइरल भइरहेको फोटो

भाइरल भएको जरिवानाको झुटो फोटोमा ट्राफिक विभाग र आन्तरिक मन्त्रालयको चिन्ह सहित १० हजार रियाल सम्मको जरिवाना सँगै एक महिनाको जेल सजाय रहेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button