भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ । बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो ।

योसंगै भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्थानीय संचारमाध्यमका अनुसार बुधबार बिहान ५४ वर्षीय पुरुष, साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिला र बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको कोरोना भाइरस कारण ज्यान गएको बताइएको छ ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button