नेपालका कानुनमन्त्री तामाङले दिए राजीनामा, रुँदै भए बिदा

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन्।

बंगलबादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी आफ्ठ्यारोमा परेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिएर सरकार र पार्टीलाई सहयोग गर्न गरेको आग्रह स्वीकार्दै उनले पदबाट राजीनामा दिएका हुन्।

मंगलबार कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्नी उषाकला राईसहित उपस्थित भएका उनले रुँदै पदबाट राजीनामा दिएका हुन्।

‘नेपाली जनतालाई शिरमा राखेर, एउटा गरिब परिवारमा जन्मेर जनताको सेवामा छु। मैले राज्यकोषको पैसा भ्रष्टाचार गरेको छैन’, पत्रकार सम्मेलनमा उनले भने, ‘कतिपय तत्वहरू मेरापछि लागेका थिए। मेराविरूद्ध प्रचारबाजी गरियो। नेपाली नारीहरूप्रति अति सम्मान गर्छु। मलाई नारी अधिकारको विषयले लखेट्यो।’

आफूले नारीहरुप्रति सम्मान गर्न भन्दै उनले उनले महिलाको पक्षमा कानुन बनाउने पक्षमा लागेको स्पष्ट पारे।

पत्रकार सम्मेलनको पहिलो चरणमा कानुन निर्माणसम्बन्धी जानकारी दिएका तामाङले दोस्रो चरणमा भावुकखालको विज्ञप्ति पढ्दै राजीनामा घोषणा गरेका हुन्।

आफू छोरीहरुको अंश र वंशको पक्षमा लड्दै आएको उनको भनाइ थियो। – नारायणी अन्लाईन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button