कतारमा कोरोना: थप ६७९ जनामा संक्रमण, कुल संक्रमितको संख्या पन्द्र हजार नाघ्यो

आज मिती २०७७ बैशाख २१ गते आइतवार २०२० मे ३ तारिख, रमदानको दशौ दिन ।
कतारमा पछिल्लो २४ घण्टामा २,७०७ जनामा जाँच गर्दा थप ६७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने १३० जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १५,५५१ पुगेको छ ।
हालसम्म १,६६४ जना निको भएर घर फर्किएका छन् भने १३,८७५ जना उपचारत छन् । आज सम्म १,०४,४३५ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १२ जनाको मृत्यु भएको छ ।
ग्राफमा
[COVID19-GRAPH country=”Qatar” title=”कतार ” confirmed_title=”संक्रमित” deaths_title=”मृत्यु” recovered_title=”निको हुने”]
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/1kzNHunJDL— وزارة الصحة العامة (@MOPHQatar) May 3, 2020
नेपालमा के छ अवस्था ?
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
कुल संक्रमित ६९ जना (आज मात्र थप १० जना) | निको हुने १६ जना | २३३३६ क्वारेन्टाइनमा | ७७ आइसोलेसनमा | ० मृत्यु
गल्फमा कहाँ कती भए
(यो समाचार तयार पार्दा सम्म कुल संक्रमित र मृत्युहुने को संख्या )
१-साउदी अरेबिया——- २५,४५९ / मृतक संख्या १५७/ निको हुने ३,७६५
२-कतार —————- १५,५५१ / मृतक संख्या १२ / निको हुने १,६६४
३-संयुक्त अरब इमिरेट्स- १४,१६३ / मृतक संख्या १२६ / निको हुने २,७६३
४-कुवेत—————– ४,९८३ / मृतक संख्या ३८ / निको हुने १,७७६
५-बहराइन ————- ३,३५६ / मृतक संख्या ८ / निको हुने १,७१७
६-ओमान —————२,५६८ / मृतक संख्या १० / निको हुने ७५०
अब अनिवार्य रुपमा मास्क लगाउन पर्ने
यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।यम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।
निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने
निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।
रमदान महिना भर
याद राखौ खुल्ला स्थानमा खाने, पिउने चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।