कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको बेला हामी कतारमा बस्ने नेपालीले के के कुरामा ध्यान दिनुपर्छ वा के के कुरा जान्न जरुरी छ ? आउनुस् यी कुराहरु जानौ ।

१. कामदारलाई ज्वरो वा अन्य लक्षण देखापरे के गर्ने ?
३९ डिग्री सेल्सीयस भन्दा बडी ज्वरो, खोकी वा श्वास फेर्न गाह्रो भएको लक्षण देखिए तुरुन्तै कतारको कोभीड – १९ हटलाइन नम्बर १६००० मा सम्पर्क गर्ने  ।
यदि इमर्जेन्सी भए ९९९ डायल गरेर एम्बुलेन्स बोलाउने ।

२. कामदारसंग हेल्थ कार्ड वा कतारी आईडी नभए  उपचार हुन्छ ?
अहिलेको अवस्थामा हेल्थ कार्ड वा कतारी आईडी को कुनै आवश्यक पर्दैन । भाइरस जाँच वा उपचार गर्नुपरे सबै सेवाहरु सरकारले निशुल्क गरिदिनेछ ।

३. कामदार आफै आइसोलेसनमा कहिले बस्ने ?
कामदार सेल्फ आइसोलेसन जाने र तुरुन्तै १६००० मा समपर्क गर्ने  यदि :

  • कोरोना भाइरस सम्बन्धि लक्षण जस्ती ज्वरो,खोकी वा श्वास फेर्न गाह्रो भए  ।
  • कोरोना भाइरसको बिरामी हालसालै घुलमेल भएको भए । बिरामीलाई भाइरसको लक्षण देखिनु अगाडी घुलमेल भए पनि ।
  • भाइरस संक्रमित देशहरु बाट हालसालै कतार आएको भए ।

४. कामदारलाई सरकारले कहिले आइसोलेसनमा राख्छ ?
भाइरसको शंका लागेर जचाउन आएकाहरुलाई रिजल्ट नाउञ्जेलसम्म सरकारले आइसोलेसनमा राख्नेछ ।

५. कामदारलाई भाइरस देखिए के हुन्छ ?
भाइरसको जाँच पोजिटिभ देखिए सरकारले कामदारलाई मुकेस्निसमा रहेको क्वारेन्टाइन सेन्टरमा राख्नेछ  । कामदारको खान,बस्न तथा सम्पूर्ण स्वास्थ्य उपचार सरकारले बेहोर्नेछ ।

६. कामदारको भिसा, आईडी नभए वा सकिएको भए के गर्ने ?
अहिलेको अवस्थामा भिसा, आइडी कार्डको कुनै आवश्यक पर्दैन । भाइरस जाँच वा उपचार गर्नुपरे सबै सेवाहरु सरकारले बिना जरिवाना वा सजाय निशुल्क गरिदिनेछ ।

७. कामदारलाई आफ्नै क्याम्पमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी कसले जिम्मा लिन्छ ?
स्वास्थ्य मन्त्रालयको सुप्रिम कमिटि बिपत्ति व्यवस्थापन समितिले सम्पूर्ण बन्दोबस्द गर्नेछ । कम्पनीको मालिकले कुनै जिम्मा लिनुपर्दैन  ।

८. यस्तो अवस्थामा कामदारले तलब पाउनेछ ?

क्वारेन्टाइन, आइसोलेसन वा जाँच भैरहेको बेलामा कामदारले सरकारको नियम पालना गरे खाना तथा आफ्नो न्युनतम तलब पाउनेछन ।

९. यो अवस्थामा के कम्पनीले कामदारको करार रद्द गर्न पाउँछ ? – सुधार गरिएको

पाउँछ तर करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्नेछ ।

COVID-19 बाट सिर्जित परिस्थितिमा कामदार र रोजगारदाता दुबैको दीर्घकालीन हितलाई लक्षित गरी कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले १५ अप्रिल २०२० मा जारी गरेको सम्झौता अनुसार  कामदार आफ्नो देशमा फर्किने प्रक्रिया पूरा नहुन्जेलसम्मका लागि खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने छ ।

त्यसो हुँदा आफ्नो कानूनी हैसियत जे भएतापनि आफूलाई हालसम्म रोजगारदाताले उपलब्ध गराएको बासस्थानमा वा हाल बस्दै आउनुभएको बासस्थानमा सुरक्षितरुपमा बस्नुहोला ।
साथै, हालको बासस्थान छोड्न दवाब आएमा वा सोसँग सम्बन्धित कुनै समस्या परेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको Hotline नम्बरः 4028660  मा सम्पर्क गर्नुहोला ।

१०. के यो घरेलु कामदारलाई पनि लागु हुन्छ ?

माथिको सबै नियम घरेलु कामदारलाई पनि बराबर लागु हुनेछ ।

११. बिदामा गएका कामदारको के हुन्छ ?

यस्तो अवस्थामा के गर्ने भन्ने बारे कामदार र कम्पनी दुवैको मिलेमतोमा निर्णय आउनुपर्नेछ । यदि कम्पनीले कामदारलाई निकाल्ने भए श्रम कानुन अनुसार पाउनुपर्ने सबै हिसाब भने दिनुपर्नेछ ।

१२. अहिलेको अवस्थामा कामदारलाई काम सम्बन्धि वा क्याम्पमा कुनै समस्या भए कसलाई भन्ने ?

कामदारलाई काम सम्बन्धि वा क्याम्पमा कुनै समस्या भए श्रम मन्त्रालयको निशुल्क नम्बर १६००८ वा इमेल info@adlsa.gov.qa मा सम्पर्क गर्ने ।
विभिन्न क्षेत्रमा कार्यरत कुनै पनि कामदारहरुलाई रोजगारदाताले उपलब्ध गराउने खाना, सुरक्षित बस्ने प्रबन्ध तथा सुरक्षित कार्यस्थलकाे व्यवस्थापन सम्बन्धमा कुनै समस्या परेको खण्डमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको Hotline नम्बरः 40280660 मा सम्पर्क गरी आफूलाई परेका समस्याहरु राख्न सक्नुहुनेछ ।

१३. कतार स्थित नेपाली राजदूताबास लाई कसरी सम्पर्क गर्ने ?

समस्या परेको भएमा दूतावासको फेसबुक पेजको इनबक्समा गई म्यासेज पठाउनु अथवा दूतावासको फोन नम्बर +974 44675681 र 44171962 फोन गर्न सकिन्छ वा
व्हाट्सएप +97433560117 मा केवल Text वा Voice Message पनि गर्न सकिन्छ ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसका कारण कतारमा समस्यामा परेका नेपाली नागरिकहरुको तथ्याङ्क संकलन गर्न थालिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरसका कारण समस्यामा पर्नुभएकाे छ भने अनलाइनमार्फत समस्यासहित यथार्थ विवरण भर्नुहाेस् ।

फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

फारममा उल्लेखित विवरण भरिसकेपछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नुपर्नेछ ।

१३. के के नियम पालना गर्नुपर्छ ?

अब अनिवार्य रुपमा मास्क लगाउन पर्नेछ

यो नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ । तपाईंले काम गर्ने समय होस् वा पसल जादा होस् घरबाट निस्कदा अनिवार्य मास्क लगाउनै पर्छ ।
नलगाउने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।

भिडभाडमा नजाने जमघट नगर्ने

सम्पूर्ण सर्वसाधारणलाई सार्वजनिक क्षेत्र, कर्नेश, क्याफे लगायत नमाजको लागि मस्जिद अगाडि वा घरको छतमा भेला नगर्न मन्त्रालयले जानकारी दिएको छ ।
यि नियमहरुको उलङ्घन गर्नेहरुलाई ३ वर्षभन्दा बढी कारावास र बढिमा कतारी रियल दुई लाख सम्म जरिवाना सजाय अथवा दुबै सजाय हुन सक्नेछ ।

निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने

निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।

एह्तेराज एप अनिवार्य 

२२ मे शुक्रबार देखि लागू हुनगरी कुनै पनि कारणले घर बाट बाहिर निस्किन अघि कतारमा रहने सबैले अनिवार्य एह्तेराज एप डाउनलोड गरी उक्त एपलाई ब्लूतूत अन गरेर सकृय राखिराख्नु पर्नेछ ।
एह्तेराज एप बारे जान्नैपर्ने कुराहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button