कतारमा ३१ जना बहराइनी नागरिक घर फर्किन पाउने आशामा
सरकारी सञ्चार कार्यलयले इरान बाट कतार आएका बहराइनी नागरिककको सम्बन्धमा हिजो एक वक्तव्य निकालेको छ ।
यस्तो छ वक्तव्य :
मार्च २७ तारिक ३१ जना बहराइनी नागरिक कतार एयरवेजको उडान मार्फत इरान बाट कतार आइपुगेका थिए । अहिले कतारको उडान बहराइनमा प्रतिबन्ध भएकाले सरकारले बहराइन संग आफ्नो नागरिक कसरी फिर्ता पठाईदिने भन्ने विषयमा कुरा राखेको थियो ।
कतारले आफ्नै खर्चमा बहराइनी नागरिकहरु बहराइन ल्याइदिने कतारको प्रस्तावलाई बहराइनले अस्वीकार गरेको छ बरु बहराइनले मिति नतोकी चाडैं आफ्नो नागरिक लिन फ्लाइट पठाउने बताएको छ ।
यतिखेर कतारमा रहेका नागरिक मात्रै नभई विश्वभर सबै नागरिक स्वास्थ्य जटिल अवस्थामा छ । यहाँको स्वास्थ्य मन्त्रालयले ती ३१ जना बहराइनी नागरिकको स्वास्थ्य जाँच गरि बिना खर्च एक क्वारेन्टाइन होटेलमा राखेको छ । उनिहरुलाई सरकारले दुई हप्ता सम्म त्यहाँ राख्नेछ । आशा गरौं यस अवधी भित्र बहराइनले आफ्नो नागरिक लिन आउनेछ । यदि नआएको खण्डमा पनि कतारले उनिहरुलाइ उचित व्यवस्थाका साथ राख्नेछ ।