आज थप २८ जनामा भाइरस देखियो, एकको मृत्यु
कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको छ । ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनमा श्वासप्रश्वास सम्बन्धि पुरानै रोग रहेको थियो । उनलाई मार्च १६ मा अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै आज थप २८ जनामा भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५९० पुगेको छ । त्यस्तै हालसम्म ४३ जना निको भएर घर फर्किएका छन् भने जम्मा १६५८२ जनाको जाँच भएको छ ।
आज भाइरस देखिएका मध्येहरु केहि विदेश बाट आएका छन् भने प्राय पुरानै बिरामी बाट संक्रमितहरु छन् । भाइरस सम्बन्धि कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिन्छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronaviruson in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/YxZM5Yy0iS
— وزارة الصحة العامة (@MOPHQatar) March 28, 2020