अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण,७ जना क्वारेन्टाइनमा

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन्। यसैबीच अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।
अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले हालसम्म अष्ट्रेलियमामा ८ जना नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएकामा एक जना निको भएको र बाँकी ७ जना क्वारेन्टाइनमा रहेको जनाएको छ। संसारभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा हालसम्म १६ जनाको मृत्यु भएको छ भने ८ हजार ३ सय ९५ जना संक्रमित भएको पुष्टि भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो