अमेरिकामा एकैदिन १८ हजार बढी कोरोना संक्रमित, स्पेनमा एकै दिनमा ८२१ को मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोभिड१९)बाट स्पेनमा ६ हजार ८०३ पुगेको छ । यो कोरोनाको उद्गम स्थल चीनको भन्दा दोब्बर बढी हो ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सयको मृत्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो । इटालीमा कोरोनाका कारण अहिलेसम्म १० हजार ७७९ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा अहिलेसम्म ८० हजार ११० जना संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो