जमघट गर्ने १० जना पक्राउ

सार्वजनिक स्थानमा जमघट गर्ने १० जनालाई पक्राउ गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

सरकारले भेला तथा जमघट गर्न निषेध गरेको अहिलेको स्थितिमा नियम उल्लंघन गर्ने १० व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले आफ्नो ट्विटरमा लेखेको छ । नियम उल्लंघन गर्नेलाई दुई लाख रियाल जरिवाना वा तीन वर्ष जेल सजाय हुनसक्ने मन्त्रालयले यसअघि बताएको थियो ।

देशको दक्षिणी क्षेत्रमा रहेको बालुवामा जमघट भै रमाइलो गरिएको उनीहरुको  भिडियो समाजिक संजालमा भाइरल भएपछी मन्त्रालयले छानबिन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button