पत्रकार सम्मेलन बाट आज भएका निर्णयहरु

आज थप ५४ जनामा भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ८३५ पुगेको छ । त्यस्तै हालसम्म ७१ जना निको भएर घर फर्किएका छन् भने जम्मा २४८२५ जनाको जाँच भएको छ । भाइरस बाट हालसम्म कतारमा २ जनाको मृत्यु भएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले अहिले ९ बजे पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनको कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु यस्ता छन् :

  • लकडाउनमा रहेको सनैया क्षेत्रको १ देखि ३२ नम्बर सम्मको एरिया अर्को सुचना जारि नहुन्जेल सम्म थप बन्द गरिएको छ । खाना र स्वास्थ्य सामग्रीको अभाव हुन नदिने । आपतकालिन अवस्थाका लागि त्यस स्थानमा तीन वटा क्लिनिक राखिएको छ ।
  • भोलि बाट लागू हुने गरि
    १.निजी क्षेत्रका ८० प्रतिशत कामदारले घर बाटै काम गर्नुपर्ने ।
    २. बाँकीले बिहान ७ देखि दिउँसो १ बजे सम्म मात्र काम गर्न पाउने । (फुड स्टोर,फार्मेसी,रेस्टुरेन्ट,डेलिभरीका कामदार बाहेक)
    ३.सरसफाई कम्पनीको घरको सेवा तत्कालका लागि बन्द गरिने ।
    ४. सवारीले क्षमता भन्दा आधा मात्रै कामदार बोक्ने ।
  • कतार आफैले २ लाख ६६ हजार किटनाशकको बोतल र २० लाख मास्क उत्पादन गरेको छ ।

थप समाचार अपडेट हुँदै…………………

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button