आज २१६ जनामा भाइरस देखियो

स्वास्थ्य मन्त्रालयले मंगलबार २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २५२ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,११,५३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा २,३५६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १७७ रहेको छ र निको हुनेको संख्या १,०८,२५४ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३४ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३९० जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७३ जना
आज सम्म जाँच भएको संख्या – ५,०५,१४८ जना
निको हुन बाँकीको संख्या : ३,१०७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।