कतारमा कोरोना भाइरस : आज थप १२६ जनामा कोरोना भाइरस देखियो

आज नयाँ १२६ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् भने २१ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १०७५ पुगेको छ ।
हालसम्म ९३ जना निको भएर घर फर्किएका छन् भने कुल २८४१३ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ३ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/x1S74hyR06
— وزارة الصحة العامة (@MOPHQatar) April 3, 2020
थप नयाँ १२६ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु छन् । त्यसैले छिन छिनमा सावुन पानीले हात धोऔं , सकिन्छ भने सेनिटाईजर प्रयोग गरौं र कुराकानी गर्दा २ मीटर जति टाढै (सोसल डिस्टेन्स) बाट गरौं ।
यो पनि पढौ
निजी क्षेत्रका कामदारले ६६ घण्टा मात्र काम गर्नुपर्ने