बिज्ञापन

नेपाली चलचित्र : उमंग

परदेशीको कथा बोकेको चलचित्र हो उमंग l ग्रामिण परिवारको एक युबक कसरि आफ्नो भबिष्य निर्माण गर्न शहर हुदै खाडी मुलुकमा पुगेर संघर्ष गर्छ आफ्नो घर परिवारको चाहना पुरा गर्न, अनि कस्तो कस्तो दुख पिडा भोग्दै नेपालीहरु खाडी मुलुक परदेशमा आफ्नो दुखका दिनहरु कटाइरहेका हुन्छन भन्ने कुरालाइ चलचित्र मार्फत देखाउन खोजिएको चलचित्र नेपालीहरुको यथार्थता बाध्यता र पीडालाई चलचित्रले प्रस्तुत गरेको छ ।

धन कमाउने सुन्दर सपना बोकेर विदेशिनु बाध्य नेपाली युवायुवतीको कथालाई समेटेर बनाइएको कथाले पीडाहरूलाई उजागर गरेको फिल्मका निर्देशक शिव शर्माले बताए । शिव शर्माको यो डेब्यु निर्देशन हो । निर्देशक शर्माले फिल्मको पात्रहरूले कथालाई भरपुर न्याय दिलाएको भन्दै यसले कुनै पनि मानेमा दर्शकको मन जित्ने बताए त्यहि कारणले गर्दा अहिले चलचित्रले दर्शक हरुको मन जित्दै गएकोमा उनि खुसि पनि छन । सगरमाथा फिल्मसको प्रस्तुतिमा कुमार बिसीले निर्माण गरेको चलचित्र परदेशीको ‘उमंग’मा रहेको कथाले हेरक दर्शकहरुको मन छुने तथा यथार्थमा आधारित बहुप्रतिक्षित चलचित्र भएको कारणले गर्दा पनि चलचित्रप्रेमी हरुको रोजाईमा पर्दै गएको छ l

चलचित्र उमंगमा बिनिता बराल, कुमार बि.सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी, राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुनपोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा अक्कि शर्मा को रहेको छ ।रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तुलाइ चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रकानिर्माता हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button