निजी क्षेत्रले निशुल्क ऋण पाउने

देशको आर्थिक तथा वाणिज्य क्षेत्रको सहयोगको लागि अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा निजि क्षेत्रलाई ७५ बिलियन रियाल सहयोग गरिने भएको छ । त्यसका लागि प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलजिजले स्थानिय बैंकलाई ३ बिलियन सम्मको जमानत बसिदिने निर्णय गर्नुभएको छ ।

हाल आएर कतार विकास बैंकले राष्ट्रिय जमानत योजना अघि ल्याएको छ । जस अन्तर्गत कोरोना भाइरस बाट अतिप्रभावित निजि क्षेत्रका कम्पनीहरुलाई आगामी तीन महिनाको भाडा र कामदारलाई तलब तिर्नका लागि निशुल्क ऋण सहयोग हुनेछ । स्थानिय बैंकहरु बाट दिइने ऋणका लागि कतार विकास बैंक जमानत बसिदिनेछ । कम्पनीले ऋण बिना व्याज तीन वर्ष भित्र तिर्नुपर्नेछ ।

ऋण भुक्तानी लिन कम्पनीहरुले कमर्सियल तथा ईस्लामिक बैंकहरुमा निवेदन दिनुपर्नेछ । ऋण सहयोगका लागि कम्पनीको खाता वेज प्रोटेक्सन सिस्टममा दर्ता भएको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button