विश्वभर कोरोना : २४ घण्टामा ८५ हजार ९ सयबढी संक्रमित, ५ हजार ८ सयको मृत्यु

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

२० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ७३ हजार ४४४ जना संक्रमित छन् । एकै दिन २६ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । – नारायणी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button