आज १५३ जनामा भाइरस देखियो

आज नयाँ १५३ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएको छ भने २८ जनालाई निको भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २२१०७ पुगेको छ ।
हालसम्म १७८ जना निको भएर घर फर्किएका छन् भने कुल ४१८१८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ । नयाँ केहि संक्रमित विभिन्न देशबाट आएकाहरु हुन् भने बाँकि पुरानो बिरामी बाट संक्रमण भएका स्थानिय र आप्रवासी नागरिक रहेका छन् ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/C7QrN7lDBo
— وزارة الصحة العامة (@MOPHQatar) April 8, 2020
;
सरकारले ल्याब केन्द्र बढाएर परिक्षण तिब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको हो । यो संख्या अबको केहि दिनमा घट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढौ
निजी क्षेत्रका कामदारले ६ घण्टा मात्र काम गर्नुपर्ने