कतारले आउने दुई वर्ष क्लव विश्वकपको आयोजना गर्ने

कतारले सन् २०१९ र २०२० को क्लव विश्वकपको आयोजना गर्ने भएको छ । सात टिम समावेस हुने उक्त प्रतियोगिता कतारले दुई वर्ष आयोजना गर्ने फिफाले हिजो घोषणा गरेकोे हो । कतारले आयोजना गर्ने यस दुई प्रतियोगितामा यो वर्षको युरोपियन च्याम्पियन लिभरपुल क्लवको सहभागिता रहनेछ । प्रतियोगिता आउने डिसेम्बरमा आयोजना हुनेछ ।
“यो प्रतियोगिता हाम्रो लागि विश्वकप आयोजनाको एक उत्कृष्ट परीक्षणको मौका हुनेछ । हामीले यसलाई सक्दो तरीका बाट प्रयोग गर्नेछौ ,” कतार विश्वकप आयोजक समितिका प्रमुख हस्सन अल थवादीले बताएका छन् ।
प्रतियोगिताको अवधिभर हजारौ दर्शकको लागि सीमित स्थानमा मादक पदार्थ खुला गरिने पनि अल थवदिले बताएका छन् । विदेशीका लागि कतारमा अहिलेसम्म केही सीमित बारमा मात्रै मादक पदार्थ उपलब्ध रहेको छ ।
कतारलाई क्लव विश्वकप आयोजनाको जिम्मा फिफाले २०२२ विश्वकपमा ३२ राष्ट्रमै सीमित राख्ने घोषणा गरेकोे दुई हप्ता पछि निर्णय गरेकोे हो ।
क्लव विश्वकप हालसालै जापान र युएईमा आयोजना भएको थियो । जसमा सात महादिपका च्याम्पियन र एक टिम आयोजक राष्ट्रले सहभागीता जनाउने गर्दछन् । कतारमा दुर्इ वर्ष आयोजना भएपश्चात यसमा २४ टिम समाबेश गर्ने फिफाले बताएको छ ।
अफ्रीका बाट टुनिशियाको एस्पेरन्से दि तुनिस , ओसिनिया बाट हिएङ्हेने स्पोर्ट र कोन्काकाफ बाट मेक्सिकन क्लव मोन्टेर्एरीले यो वर्षको प्रतियोगितामा भाग लिने पक्का भइसकेको छ । यता एसिया तथा दक्षिण अमेरिका बाटको टिम आउने नोभेम्बर महिनामा टुङ्गो लाग्नेछ ।
केही दिन अगाडि च्याम्पियन्स लिगको विजेता लिभरपुल हेर्न कतारमा रहेको दर्शकका लागि ठूलो अवसर हुन सक्दछ । प्रतियोगिता युएईले दुई पटक आयोजना गरिसकेको छ ।
पछिल्लो वर्षको विजेताहरु
