पत्रकार सम्मेलन बाट आज भएका निर्णयहरु

आज नयाँ १६६ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएको छ भने २८ जनालाई निको भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २३७६ पुगेको छ ।

हालसम्म २०६ जना निको भएर घर फर्किएका छन् भने कुल ४३१४४ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले अहिले ९ बजे पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनको कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु यस्ता छन् :

  • सनैया एरियाको लकडाउन बिस्तारै खोलिने । कोरोनाभाइरसको बिरामी सबैभन्दा धेरै यसै स्थानमा भेटिएको हुँदा गएको महिना देखि सो स्थानमा लकडाउन गरिएको थियो । लकडाउन खोल्ने योजना सहित केहि दिनमा निर्णय गरिने ।
  • खाद्यान्न पसल,औषधि पसल,डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सम्पूर्ण पसलहरु अर्को सुचना नआउन्जेल सम्म शुक्रबार र शनिबार बन्द गरिने ।
  • देशभित्र बाट ७२ प्रतिशत संक्रमण ,२६ प्रतिशत बाहिर बाट आएकाहरु बाट र २ प्रतिशत खुल्न बाँकि । जम्मा २ प्रतिशतको अवस्था गम्भीर । ३७ जनाको आईसीयुमा उपचार हुँदै ।
  • घरेलु कामदारले खाता खोल्न न्युनतम पैसा जम्मा गर्नु नपर्ने ।
  • कतारमा कोरोनाभाइरस सम्बन्धि भएका पछिल्लो अपडेट लिन “Ehteraz” एप सार्वजनिक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button