कतारमा कोरोना : आज थप २१६ जनामा संक्रमण देखियो

आज नयाँ २१६ जना कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमित भेटिएका छन् भने २० जना निको भएका छन् ।  यो संगै कतारमा भाइरस संक्रमितको संख्या २७२८ पुगेको छ ।

हालसम्म २४७ जना निको भएर घर फर्किएका छन् भने २४७५ जना उपचारत छन् । आज सम्म ४७७५१ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ ।

थप नयाँ २१६ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु छन् । त्यसैले छिन छिनमा सावुन पानीले हात धोऔं , सकिन्छ भने सेनिटाईजर प्रयोग गरौं र  कुराकानी गर्दा २ मीटर जति टाढै (सोसल डिस्टेन्स) बाट गरौं ।

यो पनि पढौ
शुक्रबार र शनिबार प्राय सबै पसल बन्द गरिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button