सरकारको क्रियाकलापले राष्ट्रिय स्वाधिनताका प्रश्न संवेदनशील बन्दै गयो: प्रचण्ड

काठमाडौं, कात्तिक २५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलापले राष्ट्रिय स्वाधिनताका प्रश्न संवेदनशील बन्दै गएको बताएका छन् ।

आइतबार मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी उद्दत रहेको आरोप समेत लगाए ।

राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै प्रचण्डले यो गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे ।

त्यस्तै उनले सरकारले आफू नेतृत्वको सरकारले गरेको राम्रा काममाथि आक्रमण र नराम्रा कामको रक्षा गर्ने तर्फ अघि बढेको हो की भन्ने आशंका समेत पैदा भएको धारणा राखे ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button