तलब नपाए,खान र बस्न समस्या भए कहाँ उजुरी गर्ने ?

कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले कामदार र मालिक बिचको राम्रो सम्बन्ध हालको स्थितिमा महत्त्वपूर्ण रहेको बताएको छ । आर्थिक तथा सामाजिक क्षति न्यूनिकरण गर्न र दुई समूह बिच सम्बन्ध सुमधुर राख्न मन्त्रालयले निम्न निर्देशन जारी गर्दै पालना गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसले असर नगरेको कम्पनीहरू 

कोरोना भाइरसले असर नगरेको कम्पनीहरूले कामदारको खाना,बस्न,तलब र करार (कन्ट्र्याक्ट) पेपर अनुसार अन्य सुविधा कटौती गर्न नपाउने।

कोरोना भाइरसका कारणले काम ठप्प भएका कम्पनीहरू

कोरोना भाइरसका कारण काम ठप्प भएका वा असर पुगेका कम्पनीहरूले बेतलबी बिदा,वार्षिक बिदा,कार्य समय घटाउन पाउनेछ तर खाना र बस्नको सुविधा दिने कम्पनीको सुविधा भने निरन्तर हुनुपर्ने । कामदार र मालिक दुबैले पहिलेको जस्तै पाउने सेवा लिन्न र दिन्न भन्न पाउने छैन ।

खाना र बस्नका लागि पैसा दिने कम्पनीले भाइरसका कारण देखाएर सुविधा घटाउन पाउने छैन । यो अवस्थामाकामदार र मालिकले पहिलेको जस्तै पाउने सेवा लिन्न र दिन्न भन्न पाउने छैनन् ।

आइसोलेसन वा क्वारेन्टाइनमा बसेका कामदार

आइसोलेसन वा क्वारेन्टाइनमा बसेका कामदार बिरामी बिदाका लागि योग्य भए/नभएपनी न्यूनतम तलब पाउनेछन्  ।

कम्पनीले घर पठाउन पाउने

भाइरसका कारण क्षति पुगेको कम्पनीले कामदार संगको करार भङ्ग गर्न पाउनेछन्  । यधपी कतारको श्रम कानुन अनुसार कामदारले पाउने सेवा सुविधा,बाँकी तलब,घर फर्कन हवाई टिकट अन्य हिसाब भने दिनुपर्नेछ । त्यस्तै कामदारलाई काम बाट निकाल्न केही समय अगाडि सुचना पनि दिनुपर्नेछ । कम्पनीले कामदार संगको करार भङ्ग गरे कामदार घर फर्कने वातावरण नमिले सम्म खान,बस्न अथवा त्यस बराबर पैसा दिनुपर्नेछ ।

हालको अवस्थामा कामदार र मालिकले सहकार्य गर्दै दुबै तर्फ मन्जुर हुनेगरी सहमती गर्न मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै सरकारको निर्देशन पालना नगर्ने कामदार वा कम्पनीलाई कानुन बमोजिम कारबाही समेत गरिने मन्त्रालयले बताएको छ ।

कहाँ उजुरी गर्ने ?

यसै सन्दर्भमा उजुरी दर्ता गर्न मन्त्रालयले २४ सै घन्टा खुला रहने हटलाइन स्थापना गरेको छ । कामदारले खान,बस्न र तलब सम्बन्धमा उजुरी गर्नुपरे ४०२८०६६० मा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै आफ्नो आइडी वा भिसा नम्बर अगाडी ५ लेखेर म्यासेज मार्फत पनि उजुरी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button