नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमित, कुल संख्या ३० पुग्यो

नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३० पुगेको छ । चितवनमा दुई र उदयपुरमा १२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा कोरोना संक्रमित हुनेहरुमा १२ जना नै पुरुष छन् । उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेको मन्त्रालयले जनाएको छ । यस्तै चितवनमा भने २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो