कचरा मार्केटमा छापा

अल शीहानिया नगरपालिकाले बर्वा रेसिडेन्स नजिकै रहेको अल मेकैनेस एरियामा छापा मारेको छ । गत शुक्रबार गरिएको छापामा फुटपाथ पसल र सार्वजनिक सरसफाई कानून मिच्नेहरुलाई निशाना बनाउँदै नगरपालिकाले छापा अभियान चालेको थियो ।

अभियानमा फुटपाथ पसलेहरु बाट जम्मा ४५ वटा नियम उल्लंघन गरेकोे भेटिएको छ । छापा पश्चात साधारण सरसफाई विभागको सहकार्यमा नगरपालिकाले सो स्थान सफा समेत गरेकोे छ ।
#Inspection campaign on street #vendors#Mekaines #violation #municipality @Baladiya1 https://t.co/4ARbur0PPw pic.twitter.com/5E3TpA921D
— Gulf-Times (@GulfTimes_QATAR) October 19, 2019
त्यस्ता स्थानहरुमा हुने अवैधानिक गतिविधि तथा सरसफाई कानून मिच्ने क्रियाकलाप निर्मूल पार्न नगरपालिकाले नियमित रुपमा निगरानी राख्ने आजको गल्फ टाइम्स पत्रीका मा समाचार छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो